images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • ल फर्मबाट सेवाग्राही पक्राउ गरिएको घटनामा...

ल फर्मबाट सेवाग्राही पक्राउ गरिएको घटनामा नेपाल बारको आपत्ति, दोषीमाथि कारबाही माग

ल फर्मबाट सेवाग्राही पक्राउ गरिएको घटनामा नेपाल बारको आपत्ति, दोषीमाथि कारबाही माग

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । कानुनी परामर्शका लागि ल फर्ममा पुगेकी एक महिलालाई प्रहरीले फर्मभित्रबाट पक्राउ गरेको घटनाप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरोध जनाएको छ ।डिल्लीबजारस्थित ‘जनचेतना ल फर्म’मा कानुनी परामर्शका लागि पुगेकी सेवाग्राही हस्तमाया बस्नेतलाई बुधबार प्रहरीले फर्मभित्रबाट पक्राउ गरी लगेको थियो । उक्त घटनाको विरोधमा फर्ममा आबद्ध ६ जना कानुन व्यवसायीले बिहीबार बार एसोसिएसनमा निवेदन दिएपछि बारले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

    images
    images

    बारद्वारा जारी विज्ञप्तिमा कानुनी परामर्श तथा छलफल भइरहेको र सेवाग्राहीका महत्त्वपूर्ण कागजात अभिलेख रहने ल फर्मजस्तो संवेदनशील स्थानमा कानुनबमोजिम प्रवेश गर्ने अनुमति नलिई हस्तक्षेप गरिएको उल्लेख छ । आफू सिभिल प्रहरी भएको परिचय दिँदै फर्ममा प्रवेश गरेका व्यक्तिहरूले त्यहाँ रहेका कानुन व्यवसायीहरूसँग अमर्यादित एवम् असभ्य व्यवहार गरेको भन्दै बारले घटनाको निन्दा गरेको छ । साथै, बारले उक्त घटनामा संलग्न दोषीलाई यथाशीघ्र आवश्यक कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराएको छ ।बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार ल फर्ममा प्रहरी हस्तक्षेप भएको भन्दै अधिवक्ताहरू उद्धव के.सी., रिजन सिलवाल, अनुपराज गौतम, निर्जल थापा, प्रमिस थपलिया र निश्चल श्रेष्ठले एसोसिएसनमा निवेदन दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend