images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • सर्लाहीमा जग्गा कीर्ते प्रकरणमा मालपोतका तत्कालीन...

सर्लाहीमा जग्गा कीर्ते प्रकरणमा मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीमा जग्गा कीर्ते प्रकरणमा मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसस्थित वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सातजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन वडाध्यक्ष, वडा सचिव, फाँटका कर्मचारीहरू तथा गलत रूपमा जग्गा हत्याउने व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    images
    images

    सर्लाहीको साविक सोकनाहा गाविस (बलवा सोकनाहा) वडा नम्बर २(ख) अन्तर्गत पर्ने कित्ता नम्बर ६२ को ०-११-२ (० विघा ११ कठ्ठा २ धुर) क्षेत्रफल भएको जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो। तर, भूमाफिया र मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा कुनै पनि समयमा हकभोग नै नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा सो जग्गा रहेको झुट्टा व्यहोरा खडा गरिएको थियो। कार्यालयमा रहेको स्रेस्ता विवरण सच्याई एउटा व्यक्तिको नामको जग्गा अर्को व्यक्तिको नाममा कायम गरेर फर्जी पुर्जा बनाई बेचबिखन गरिएको उजुरी परेपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थियो।अनुसन्धानका क्रममा कर्मचारी र भूमाफियाको आपसी मिलेमतोमा आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याउने र वास्तविक जग्गाधनीलाई प्रत्यक्ष हानिनोक्सानी पुर्‍याउने बदनियत देखिएको आयोगले जनाएको छ। वास्तविक तथ्यहरू लुकाई–छिपाई हुँदै नभएको जग्गाधनी खडा गरेर किशोरी धामी थारूको नाममा दाखिल खारेज गरी गलत लिखत तयार पारिएको तथा सरकारी निकायको कागजात अनधिकृत रूपमा थपघट र हेरफेर गरिएको पुष्टि भएको छ। 

    सो कार्यमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै अख्तियारले मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी लिएको छ।त्यसैगरी गलत विवरणको आधारमा सिफारिस दिने कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ का तत्कालीन वडा सचिव राम गुलाम रायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम तथा सोही वडाका तत्कालीन वडा अध्यक्ष कपिलेदेव चौधरीविरुद्ध दफा ९ र दफा ११ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ। गैरकानुनी रूपमा जग्गा आफ्नो नाममा पार्ने किशोरी धामी थारू र सो जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई मुख्य कसुरदारहरूले गरेको 

    images
    images

    भ्रष्टाचारजन्य कार्यको मतियार भएको ठहर गरिएको छ। उनीहरू दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबी लिइएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिएका छन्।

    Press-Release--- PaNaLL YaThaVaSaMaTa_page-0001Press-Release--- PaNaLL YaThaVaSaMaTa_page-0002

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend