images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • जनकपुर–अयोध्या सरयू–कमला एक्सप्रेस शनिबारदेखि व्यावसायिक सञ्चालनमा,...

जनकपुर–अयोध्या सरयू–कमला एक्सप्रेस शनिबारदेखि व्यावसायिक सञ्चालनमा, भाडा ३६५ भारुबाट सुरु

जनकपुर–अयोध्या सरयू–कमला एक्सप्रेस शनिबारदेखि व्यावसायिक सञ्चालनमा, भाडा ३६५ भारुबाट सुरु

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबिचको धार्मिक यात्रालाई सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक हप्ता नबित्दै उक्त रेल सेवा व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ पनि बिहीबार (आज) देखि टिकट बिक्री सुरु गर्न लागिएको छ ।

    images
    images

    नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले केही प्राविधिक काम बाँकी रहे पनि आज दिउँसोदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट लिन सक्ने व्यवस्था मिलाइएको बताए । ‘अनलाइनबाट टिकट लिन चाहनेहरूले भारतकै संयन्त्रबाट लिन सक्नेछन्’, उनले भने, ‘नेपालबाटै टिकट लिन चाहनेहरूले जनकपुर स्टेसनमा आएर टिकट लिनुपर्ने हुन्छ ।’सरयू–कमला एक्सप्रेस निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ । साप्ताहिक रूपमा सञ्चालन हुने यो रेलले विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याको दर्शन गर्न चाहने दुवै देशका तीर्थयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ ।रेलमार्गबाट भारत र नेपालका दुई महत्त्वपूर्ण प्राचीन सहर एकआपसमा जोडिने भएपछि दुवै देश आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा समेत जोडिने भएका छन् ।

    श्रेणीअनुसार ३६५ देखि १ हजार ३ सय ६० भारतीय रुपैयाँसम्म भाडा

    images
    images

    भारतीय रेल्वेले यात्रुको सुविधाअनुसार चार श्रेणीमा भाडादर निर्धारण गरेको छ । शयनयान श्रेणीका लागि ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका लागि ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीका लागि ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीका लागि १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको भारतको रेल्वे मन्त्रालयले सार्वजनिक गरेको छ ।रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारले जारी गरेका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सक्नेछन् ।जनकपुरधाम–अयोध्या चल्ने रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् ।

    जनकरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन हुनु यातायातको नयाँ विकल्प थपिनु मात्र नभई दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध विस्तार गर्ने अवसरसमेत भएको जनकपुर स्टेसनमा भेटिएका जनकपुरधाम–१ का देव नारायण ठाकुरको भनाइ छ ।उनले भने, ‘भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामबीच सदियौँदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । विवाह पञ्चमी, रामनवमी र अन्य धार्मिक अवसरमा दुवै क्षेत्रका श्रद्धालुको आवागमन हुने गरेका कारण यो रेल सेवा सञ्चालनमा आएसँगै थप सहज हुने भएको छ ।’उनका अनुसार दुवै देशबीच सीधा रेल सेवा सञ्चालन हुँदा तीर्थयात्रा थप सहज बन्ने र भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सहयोग पुग्नेछ । विशेषगरी जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, विवाहमण्डप तथा मिथिला संस्कृतिको प्रचारप्रसार बढाउनुपर्नेमा स्थानीयवासीको जोड छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend