काठमाडौं। लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरीले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई यस्तो निर्देशन दिएको हो ।प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंसिर १० गते सूचना प्रकाशित गरेको हो ।प्रहरीका अनुसार सम्बन्धित कर्मचारीहरू लामो समयदेखि आफू कार्यरत कार्यालयमा गैरहाजिर रहेका छन् । पटकपटक खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ अनुसार प्रक्रिया पूरा गरी सार्वजनिक सूचना जारी गरिएको हो ।
सूचनामा बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै चित्तबुझ्दो स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ ।तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरीले चेतावनी दिएको छ ।सूचनामा प्रहरी जवानदेखि प्रहरी निरीक्षक तहसम्मका कर्मचारीहरू समेटिएका छन् । उनीहरू विभिन्न प्रहरी कार्यालय, गण तथा सुरक्षा निकायमा कार्यरत रहेको उल्लेख छ ।





.gif)





.gif)
