काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता जगतलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बुधबार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा डीएसपी केसीको उक्त अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।
महासंघले संविधानप्रदत्त प्रेस स्वतन्त्रता र अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्तो गैरजिम्मेवार अभिव्यक्ति तत्काल सार्वजनिक रूपमा सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।




.gif)



.gif)
