काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ ।
‘पूर्व मुख्यसचिव अर्याल भारतबाट पक्राउ पर्नुभएको हो भन्ने आएको छ । थप विवरण सार्वजनिक हुँदै जाला’, मन्त्रालय उच्च स्रोतले भन्यो । मलेसिया प्रकरणमा प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ गरिसकेको छ । उनीहरु विरुद्ध ठगी र सङ्गठित अपराधको कसुरमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ ।




.gif)



.gif)
