काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ठमेलको स्नोलाइन होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौँको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन् । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
स्रोत नखुलेको रकम लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा होटलमा छापा मारेर रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए ।प्रहरीले ५० लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ । आरोपीहरूको साथबाट ४ हजार २१५ ओमन रियाल र ५५ अरब दिराम पनि बरामद गरिएको एसपी थापाले जानकारी दिए ।पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।




.gif)



.gif)
