images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • नेपालमा बाढीपछि बेपत्ता २१३ भारतीय नागरिकलाई...

नेपालमा बाढीपछि बेपत्ता २१३ भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

नेपालमा बाढीपछि बेपत्ता २१३ भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । नेपालमा गत भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु गरिएको छ । भारतीय दूतावासले सूचीमा कुनै त्रुटि भए सच्याउन वा आपत्ति जनाउन पीडित परिवारलाई आगामी २ डिसेम्बरसम्म समय दिएको छ ।भारतीय दूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकारले मृतक घोषणा गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।

    images
    images

    सूचीमा नाम थप्न, हटाउन वा विवरण सच्याउन परिवारका सदस्यले भारतीय दूतावासमा सम्पर्क गर्न सक्नेछन् । त्यसका लागि दूतावासले इमेल ठेगाना पनि उपलब्ध गराएको छ । परिवारबाट प्राप्त सुझाव, टिप्पणी तथा संशोधनको प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिनेछ र औपचारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाउनेछ ।त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय निकायबाट उनीहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्नेछ । यस प्रक्रियाका क्रममा दूतावासले बेपत्ता व्यक्तिका परिवारसँग थप विवरण तथा आवश्यक कागजात माग्न सक्ने जनाएको छ । आगामी दिनमा यसबारे थप जानकारी सार्वजनिक गरिने पनि दूतावासले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend