images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आज देशका अधिकांश क्षेत्रमा मौसम सफा...

आज देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने, तराईमा हुस्सु र तुवाँलो

आज देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने, तराईमा हुस्सु र तुवाँलो

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। 

    images
    images

    आज राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। शुक्रबार कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।  कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend