images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • इलाममा सशस्त्र प्रहरीद्वारा १६ लाख ५३...

इलाममा सशस्त्र प्रहरीद्वारा १६ लाख ५३ हजार रुपैयाँभन्दा बढीको अवैध सामान तथा चौपाया बरामद

इलाममा सशस्त्र प्रहरीद्वारा १६ लाख ५३ हजार रुपैयाँभन्दा बढीको अवैध सामान तथा चौपाया बरामद

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • इलाम । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को मङ्सिर  ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको  विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।सो अवधिमा गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा  गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ , जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

    images
    images

    बरामद गरिएका सामानमध्ये  १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो  स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ , जुत्ता चप्पल , ५ सय ७० किलो फर्सीको बियाँ  लगायतका सामान तथा चौपाया रहेका छन् । उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलिले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ । मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट  काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पशुपतिनगरका  गुलमपती पनि हुन् । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend