images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • हुलाक कार्यालयका नायब सुब्बाविरुद्ध २० हजार...

हुलाक कार्यालयका नायब सुब्बाविरुद्ध २० हजार घुस प्रकरणमा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

हुलाक कार्यालयका नायब सुब्बाविरुद्ध २० हजार घुस प्रकरणमा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा रिजालसमेतविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो ।सेवाग्राहीको सामान हुलाकमार्फत विदेश पठाउने क्रममा घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

    images
    images

    आयोगको अनुसन्धानका क्रममा रिजालसमेतले आफ्नो पद र ओहदाको दुरुपयोग गरी आपसी मिलेमतोमा सेवाग्राहीसँग विभिन्न बहाना बनाई बार्गेनिङ गरेको पाइएको छ । सामान विदेश पठाउनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend