images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • दानबहादुर कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्न...

दानबहादुर कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्न महान्यायाधिवक्ताको माग

दानबहादुर कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्न महान्यायाधिवक्ताको माग

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई नहटाइएको, बरु योग्यताका आधारमा बढुवा गरी प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जिकिर गरेका छन् ।प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको भन्दै कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा बहस गर्दै महान्यायाधिवक्ता कँडेलले यस्तो बताएका हुन् । उनले सरकारलाई विशेष सल्लाहकारको आवश्यकता परेकाले असल नियतले कार्कीलाई उक्त जिम्मेवारी दिइएको बताए । बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर अदालत आउन नहुने उनको तर्क थियो । मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध दायर रिटमा निर्णय गर्ने पक्षलाई नै विपक्षी नबनाइएकाले रिट प्रथम दृष्टिमै खारेज हुनुपर्ने माग कँडेलले गरे ।

    images
    images

    बहसका क्रममा न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो कि वस्तुगत हो भनी प्रश्न गरेका थिए । जवाफमा महान्यायाधिवक्ता कँडेलले उक्त निर्णय असल नियतले गरिएको बताए ।त्यस्तै, कार्कीलाई नहटाई प्रमुख सुरक्षा सल्लाहकारमा खटाइएको भन्ने कँडेलको तर्कमा न्यायाधीश निरौलाले ‘खटाइएको मात्र हो भने आईजीपी पद कसरी रिक्त भयो ?’ भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा कँडेलले कार्कीलाई बढुवा गरी सुरक्षा सल्लाहकारमा पठाएपछि खाली भएको पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको बताए ।महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश दिन नहुने भन्दै तीनवटा आधार अघि सारेका छन् ।पहिलो, रिट निवेदनमा निर्णय गर्ने पक्षलाई विपक्षी नबनाइएको । दोस्रो, सरकारको निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश दिन नमिल्ने । यसका लागि उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दाको नजिर उल्लेख गरे । तेस्रो, सरकारको निर्णय कार्यान्वयन गर्न र शान्ति सुरक्षा कायम गर्नका लागि पनि हाललाई अन्तरिम आदेश दिन नमिल्ने उनको तर्क छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend