images

२०८३ मंसिर १२ गते

images
images
images

कामना सेवा विकास बैंकको ९ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ९ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौं, ९ मङ्सिर । कामना सेवा विकास बैंक लिमिटेडले ९ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो।

    बैंकले मङ्सिर ९ गते सूचना जारी गर्दै उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।

    images
    images

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। त्यसका लागि आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाएर बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बाह्य खरिदकर्तालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend