images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • सिन्धुली–कटारी सडक निर्माणमा ढिलाइ, ठेक्का तोड्ने...

सिन्धुली–कटारी सडक निर्माणमा ढिलाइ, ठेक्का तोड्ने चेतावनीसहित ठेकेदारलाई १५ दिनको अल्टिमेटम

सिन्धुली–कटारी सडक निर्माणमा ढिलाइ, ठेक्का तोड्ने चेतावनीसहित ठेकेदारलाई १५ दिनको अल्टिमेटम

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नति कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का नम्बर पीआरडीओ-एसआईएन/डब्लु/एनसीबी/१५/०७८–७९ को जिम्मा पाएको निर्माण कम्पनी ‘कन्टेक–जयी–जय शम्भु जेभी’  नयाँ बानेश्वर काठमाडौँलाई १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।

    images
    images

    सूचना अनुसार, उक्त सडकको चेनेज १८+३२० देखि २७+३६० सम्म  स्तरोन्नतिको कामका लागि निर्माण व्यवसायीसँग वि.सं. २०७९ जेठ १७ गते ठेक्का सम्झौता भएको थियो । सुरुवाती सम्झौतापछि दुई पटक म्याद थप गरी २०८२ फागुन २७ गतेसम्म समय दिइएको भए पनि काम पूरा भएन । साथै, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का सम्झौता बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लाग्ने २०० दिनको अतिरिक्त अवधिमा समेत काम सम्पन्न नभएको कार्यालयले जनाएको छ ।कार्यालयबाट कामका लागि पटक–पटक ताकेता गर्दा समेत अपेक्षित प्रगति हासिल नभएको र यसअघि पत्राचार गरी स्पष्टीकरण माग गर्दा पनि निर्माण व्यवसायीले कुनै चित्तबुझ्दो जवाफ पेस नगरेको सूचनामा उल्लेख छ ।

    तसर्थ, ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने कुनै मनासिब कारण भएमा चित्तबुझ्दो स्पष्टीकरणसहित १५ दिनभित्र निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि कुशल कुमार शर्मा स्वयं कार्यालयमा उपस्थित हुन सूचित गरिएको छ ।तोकिएको समयभित्र उपस्थित नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताकोको गम्भीर उल्लङ्घन  तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २(क) र उपदफा ७ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।

    images
    images

    image

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend