images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रस्तावित प्रेस...

प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन पत्रकार महासंघको माग

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौं। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने गरी प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ ।महासंघको धुलिखेलमा मंसिर ५ र ६ गते सम्पन्न सम्मेलनले पारित गरेको १६ बुँदे प्रस्तावमार्फत अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढाउन माग गरेको हो ।

    images
    images

    महासंघले प्रेस तथा सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप, नियन्त्रण र गैरकानुनी निर्देशन बन्द गर्न पनि आग्रह गरेको छ । समाचारको स्रोत खोल्न दबाब दिने, पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने र समाचार संकलनमा प्रयोग हुने उपकरण नियन्त्रणमा लिने कार्य रोक्नुपर्ने उसको माग छ ।त्यस्तै, पत्रकारको पेसागत स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गर्दै प्रेस स्वतन्त्रतामाथिका हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend