images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आनी छोइङ डोल्माको लुम्बिनी विकास कोष...

आनी छोइङ डोल्माको लुम्बिनी विकास कोष उपाध्यक्ष नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

आनी छोइङ डोल्माको लुम्बिनी विकास कोष उपाध्यक्ष नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका हुन् ।

    images
    images

    रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्माको योग्यता नपुगेको दाबी गरिएको छ ।गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ (१) (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend