images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सव सम्पन्न,...

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सव सम्पन्न, १ लाख २४ हजारभन्दा बढी बिरामीले लिए उपचार सेवा

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सव सम्पन्न, १ लाख २४ हजारभन्दा बढी बिरामीले लिए उपचार सेवा

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३ औ वार्षिकोत्सव मनाएको छ । सेन्टरले  एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।विसं २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र भारत सरकारका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजरालको संयुक्त भ्रमणका क्रममा नेपाल–भारत मैत्रीपूर्ण परियोजनाको ‘माइलस्टोन’ का रूपमा सेन्टरको उद्घाटन भएको थियो। भारत सरकारको लगानीमा निर्माण सम्पन्न भए पनि सञ्चालनको मोडालिटी स्पष्ट नहुँदा र जनशक्ति व्यवस्थापन हुन नसक्दा करिब १५–१६ वर्षसम्म यो सञ्चालनमा आउन सकेन। पछि विसं २०७१ साल मंसिर ९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पुनः उद्घाटन भए पनि २०७२ सालको भूकम्पपछि मात्र सेन्टर पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

    images
    images

    सेन्टरका निर्देशक ​डा. रुद्र मरासिनीका अनुसार हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित यो सेन्टर नेपाल सरकारको एक मात्र केन्द्रीय ‘लेभल–१’ ट्रमा सेन्टर हो। २०० शय्या क्षमताको अस्पतालमा पछिल्लो तथ्याङ्कअनुसार करिब १ लाख २४ हजार बिरामीले उपचार सेवा लिएका छन् भने इमर्जेन्सीमा करिब १९ हजार बिरामी पुगेका छन्। अस्पतालको शय्या उपयोग दर (बेड अकुपेन्सी रेट) ९० प्रतिशतभन्दा माथि रहेको, मृत्युदर घटेर १.४४ प्रतिशतमा झरेको तथा गत आर्थिक वर्षमा पुँजीगत खर्च करिब ९८ प्रतिशत पुगेको उनले जानकारी दिए । यस्तै, १२८ स्लाइसको सिटी स्क्यान र एमआरआई खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको, आन्तरिक दरबन्दी प्रतिवेदन पारित भएको र अस्पताललाई पूर्ण डिजिटलाइजेसनतर्फ लगिएको उनको भनाइ छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend