images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • हास्य कलाकार धुर्मुसले गायनमा पनि थाले...

हास्य कलाकार धुर्मुसले गायनमा पनि थाले यात्रा, ‘ए ससुरा बा’ गीत सार्वजनिक

हास्य कलाकार धुर्मुसले गायनमा पनि थाले यात्रा, ‘ए ससुरा बा’ गीत सार्वजनिक

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ गायकको रूपमा पनि देखिएका छन् । सङ्गीतकार बाबुल गिरीको सङ्गीतमा तयार भएको ‘ए ससुरा बा’ बोलको गीतमार्फत धुर्मुसले गायन थालेका हुन् ।गीत गायनमा धुर्मुसलाई गायिका जुनु प्रसाईँले स्वरमा साथ दिएकी छिन् । ‘ए ससुरा बा’ को शब्द समेत धुर्मुस स्वयंले लेखेका हुन् । अभिनय तथा हास्य प्रस्तुतिमार्फत दर्शकमाझ परिचित उनको गीत धुर्मुस–सुन्तलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    images
    images

    गीतको म्युजिक भिडियोमा धुर्मुस आफैँ देखिएका छन् । भिडियोमा उनलाई अभिनेत्री उषा उप्रेती, कलाकार राजाराम पौडेल, सविन बास्तोला, अंशु महर्जन, सीता तिमिल्सिना र सन्तोष थापाले साथ दिएका छन् ।‘ए ससुरा बा’ सार्वजनिक भएसँगै धुर्मुसको यो नयाँ अवतारबारे सामाजिक सञ्जालमा समेत चर्चा हुन थालेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend