images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • फागुन २३ देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय...

फागुन २३ देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

फागुन २३ देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ। चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन २३ गतेदेखि सुरु हुने जानकारी गराइएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै याे महोत्सवको शुभारम्भ हुने बताइएको छ।फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र प्रदर्शन हुनेछ। सोही दिन पर्यटन तथा चलचित्र संवाद, विशेष चलचित्र प्रदर्शन र 'कर्णाली हेरौँ, कर्णाली घुमौँ' भिडियो प्रतियोगिता पनि आयोजना गरिनेछ।

    images
    images

    कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौँको राष्ट्रिय सभागृहमा हुनेछ। त्यसपछि सन् २०२७ को मेमा भारतको सिक्किम र सिलिगुडीमा नेपाल-भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिएका छन्।कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हब बनाउने लक्ष्यसहित महोत्सव हरेक वर्ष आयोजना हुँदै आएको छ। आयोजकका अनुसार कर्णालीमा प्रचुर सम्भावना भए पनि पर्यटन र चलचित्रसम्बन्धी गतिविधि नगण्य छन्। त्यहाँका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा राज्यको भूमिका कमजोर रहेको भन्दै 'जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र' नाराका साथ महोत्सवमार्फत 'गन्तव्य कर्णाली' अभियान थालिएको हो।

    कर्णालीका पर्यटकीय र धार्मिक स्थल तथा छायांकन स्थललाई देश-विदेशका चलचित्र निर्माता र निर्देशकमाझ पुर्‍याउनु महोत्सवको प्रमुख उद्देश्य हो। पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान र प्रोत्साहन गरिने आयोजकले जनाएको छ।महोत्सवले कर्णालीका स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान र प्रोत्साहन, गाउँ-गाउँमा नेपाली चलचित्र प्रदर्शन, चलचित्र साक्षरता अभियान र चलचित्र क्षेत्रका चुनौतीबारे बहस तथा छलफल गर्ने योजना बनाएको छ। संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा महोत्सव सञ्चालन गरिने आयोजकको भनाइ छ। रेडचेरी र टिमद्वारा सुरु गरिएको यो महोत्सवका निर्देशक चक्रबहादुर चन्द हुन्।'चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा कार्यक्रम' मा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोप बहादुर बिसी, निर्माता-निर्देशक तथा लेखक दिपकराज गिरी, निर्माता-निर्देशक एवं अभिनेता आकाश अधिकारी, निर्माता-निर्देशक तथा वरिष्ठ अभिनेत्री रेखा थापा, किफ सद्भावना दूत युवा स्टार प्रदिप खड्का, निर्माता-निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी, लेखक-निर्देशक रामशरण पाठक र कलाकार तथा युवा नेता हिमेश पन्तको उपस्थिति थियो।

    images
    images

    महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्र पर्यटन र जलवायु परिवर्तनको मुद्दालाई सदाझैँ यसपटक पनि अघि बढाउने बताए। "कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हब बनाउने हाम्रो लक्ष्य हो। कर्णालीका पर्यटकीय र धार्मिक स्थल तथा छायांकन स्थललाई देश-विदेशका निर्माता र निर्देशकसम्म पुर्‍याउने, स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान र प्रोत्साहन गर्ने तथा पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान गर्ने काम यसपटक पनि निरन्तर हुनेछ," महोत्सव निर्देशक चन्दले बताए।किफ सद्भावना दूत प्रदिप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै आइरहेको र आगामी दिनमा झन् सशक्त हुने बताए। सिनेमा र पर्यटनलाई सँगै अघि बढाउन महोत्सव सधैँ अग्रभागमा रहने उनको भनाइ छ। अभिनेता तथा निर्देशक दिपकराज गिरीले आफू काठमाडौँको रैथाने भए पनि कर्णालीले आफूलाई लोभ्याउँदै आएको बताए। उनले आगामी दिनमा चलचित्र कर्णालीमै छायांकन गर्न सकिने पनि बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend