images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा...

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा आज सर्वोच्चमा सुनुवाइ

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा आज सर्वोच्चमा सुनुवाइ

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि गत मङ्सिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो । कार्कीको रिटमा आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेश हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन ।

    images
    images

    प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो ।बालेन्द्र शाह सरकारले डा मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend