images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • संस्कृतिको नाममा कुसंस्कारको प्रचार रोक्न सांसदहरू...

संस्कृतिको नाममा कुसंस्कारको प्रचार रोक्न सांसदहरू एकमत, चलचित्र ऐनमै कडा व्यवस्था गर्न माग

संस्कृतिको नाममा कुसंस्कारको प्रचार रोक्न सांसदहरू एकमत, चलचित्र ऐनमै कडा व्यवस्था गर्न माग

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन् । चलचित्र जाँच समितिको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने र अन्तरिम आदेश ल्याउने प्रवृत्ति रोक्न सञ्चार मन्त्रालयलाई क्षेत्राधिकार तोक्न समेत उनीहरूको माग छ ।

    images
    images

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले संस्कृतिको संरक्षणका नाममा समाजमा विद्यमान कुरीति र जातीय विभेदका कथालाई समेटेर चलचित्र निर्माण गर्ने परम्पराले समाजलाई न्याय गर्न नसकेको बताइन् । संविधानले स्वतन्त्रताको हक सुनिश्चित गर्नुका साथै भाषा, संस्कृति र समुदायको हकहित संरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै उनले स्वतन्त्रताका नाममा चलचित्रमार्फत जातीय विभेदलाई प्रोत्साहन गर्ने छुट दिन नहुने तर्क गरिन् । जातीय विभेदलाई प्रश्रय दिने गरी चलचित्र निर्माण भए समाजमा न्याय, स्वतन्त्रता र आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको प्रत्याभूति हुन नसक्ने भन्दै उनले यस्ता विषयलाई कानुनमै समेटेर समाधान गर्नुपर्नेमा जोड दिइन् ।संविधानको प्रावधान र चलचित्रको प्रभावबारे सांसद विकले भनिन्, ‘संविधानले एकातिर स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ भने अर्कोतिर संस्कृति, भाषा र कुनै पनि समुदायको हकहितको रक्षाको कुरा पनि गरेको छ, संस्कृतिको संरक्षण गर्ने बहानामा चलचित्रले समाजमा चलिआएको कुप्रथाको संरक्षण गर्ने भन्ने त हाम्रो ध्येय होइन होला ।’ 

    समाजमा रहेको जातीय विभेदलाई प्रश्रय दिने गरी चलचित्र बनाइए समाजले न्याय, स्वतन्त्रता र आत्मसम्मानसहित बाँच्न पाउने कुराको महसुस गर्न नसक्ने उल्लेख गर्दै उनले भनिन्, ‘त्यसो हो भने हामीले यो कुरालाई किन प्रोत्साहन दिइराखेका छौँ, त्यसकारण यी कुरा कानुनमै राखेर समाधानको बाटोमा लैजानुपर्छ ।’राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले चलचित्र जाँच समितिको निर्णयविरुद्ध उजुरी तथा पुनरावेदनको प्रक्रिया व्यवस्थित बनाउनुपर्ने बताए । चलचित्र जाँच समितिको निर्णयप्रति असन्तुष्ट व्यक्तिले सिधै सर्वोच्च अदालतमा जानुभन्दा पहिले सम्बन्धित मन्त्रालयमा उजुरी दिन पाउने व्यवस्था गर्नुपर्ने उनले प्रस्ताव गरे । मन्त्रालयको निर्णयप्रति पनि असन्तुष्टि भए सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था गरे चलचित्रसम्बन्धी विवाद र अन्तरिम आदेशको प्रक्रियालाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ । उजुरी तथा पुनरावेदन प्रक्रियाबारे सांसद खरेलले भने, ‘यो सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याउने कुराको अब अन्त्य गर्नुपर्छ, चलचित्र जाँच समितिले चलचित्रको सबै कुरा हेर्ने प्रस्तावित विधेयकमा व्यवस्था गरेको छ ।’ 

    images
    images

    जाँच समितिले गरेको निर्णयपछि पनि चलचित्रमा कुनै व्यक्तिलाई चित्त नबुझे सिधै अदालतमा जानेभन्दा मन्त्रालयमा गएर उजुरी दिने व्यवस्था गरिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘यदि त्यसमा पनि उसको चित्त बुझेन भने सर्वोच्च अदालतमा गएर पुनरावेदन दिने व्यवस्था गर्‍यौँ भने यो समस्या हल हुन सक्छ, त्यसकारण यो सम्बन्धमा मैले संशोधन प्रस्ताव पनि राखेको छु ।’रास्वपाकी सांसद भूमिका श्रेष्ठले चलचित्र विधेयकमा भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्ने गरी ऐन निर्माण गर्नुपर्ने बताइन् । नेपाल चार जात छत्तिस वर्णको मुलुक भएको उल्लेख गर्दै उनले चलचित्र निर्माण गर्दा सबै समुदायको भाषा, संस्कृति र पहिचानलाई समेट्नुपर्नेमा जोड दिइन् ।विधेयकको समावेशी पक्षबारे सांसद श्रेष्ठले भनिन्, ‘हाम्रो मुलुक त चार जात छत्तिस वर्णको मुलुक हो नि त, त्यसकारण चलचित्र निर्माण गर्दाखेरि चाहिँ भाषिक तथा सांस्कृतिक संरक्षण, मातृभाषा तथा रैथाने भाषाको प्रवर्द्धन तथा आदिवासी, जनजाति, मधेसी, सीमान्तकृत तथा लोपोन्मुख समुदायको समेत चलचित्र क्षेत्रमा पहुँच र सहभागिता सुनिश्चित गर्ने गरी विधेयकलाई अगाडि बढाउनुपर्छ ।’ मातृभाषा तथा रैथाने भाषाको प्रवर्द्धनका साथै आदिवासी, जनजाति, मधेसी, सीमान्तकृत तथा लोपोन्मुख समुदायको चलचित्र क्षेत्रमा पहुँच र सहभागिता सुनिश्चित हुने गरी विधेयक अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend