images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • ८ बुँदे सहमतिपछि डेन्टल हाइजेनिस्टको आन्दोलन...

८ बुँदे सहमतिपछि डेन्टल हाइजेनिस्टको आन्दोलन अन्त्य, मन्त्रालयले दियो यस्तो प्रतिबद्धता

८ बुँदे सहमतिपछि डेन्टल हाइजेनिस्टको आन्दोलन अन्त्य, मन्त्रालयले दियो यस्तो प्रतिबद्धता

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबिच आठ बुँदे सहमति भएको छ ।विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन, संरचनागत तथा कानुनी सुधार र प्रतिनिधित्वसम्बन्धी समस्या समाधानको माग राख्दै एसोसियसनले आन्दोलन र रिले अनशन गर्दै आएको थियो ।सहमतिअनुसार डेन्टलको नियमावलीमा रहेको चुनावको क्लस्टरलाई छुट्टै व्यवस्था गरी चुनावबाटै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा २०८२ माघ ४ गतेको सहमति, परिषद् सदस्य थपघट र भत्तासम्बन्धी विषयलाई आगामी पहिलो मन्त्रिपरिषद् बैठकमा लैजाने सहमति भएको छ ।

    images
    images

    एसोसिएसनले कात्तिक २७ गते पेस गरेको पत्रअनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतका सहमति कार्यान्वयनलगायतका माग राखी मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गरेपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत वार्ता समिति गठन गरेको थियो । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका छन् ।सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि रिले अनशन अन्त्य गर्ने र तालाबन्दी खोल्ने निर्णय गरेको छ । यद्यपि, सहमति कार्यान्वयनमा सुनिश्चितता नभएमा अझ कडा संघर्षका कार्यक्रम र आमरण अनशनसम्म जान बाध्य हुने चेतावनी पनि दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend