images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • तनहुँका २३ महिलाले १६ रोपनीमा फलाए...

तनहुँका २३ महिलाले १६ रोपनीमा फलाए सयपत्री, बारीबाटै बिक्री भयो २ हजार ७६० किलो फूल

तनहुँका २३ महिलाले १६ रोपनीमा फलाए सयपत्री, बारीबाटै बिक्री भयो २ हजार ७६० किलो फूल

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन । आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री भएपछि किसान उत्साहित छन् ।छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीले यस वर्ष राम्रो बजार पायो । समूहले १६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलमध्ये तिहारमा मात्रै दुई हजार ७६० किलो बिक्री भइसकेको छ । फुलेका फूल सबै बिक्री भएपछि किसानमा उत्साह थपिएको समूहकी अध्यक्ष जितमाया रानाले बताइन् ।

    images
    images

    उनका अनुसार यस वर्ष उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म पुगेको छ । बजारमा प्रतिकिलो रु ३०० मा फूल बिक्री गरिएको छ । बारीमै आएर  खरिद गर्ने ग्राहकलाई भने प्रतिकिलो रु २०० मा बिक्री गरिएको उनले बताइन् । फूल बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट नहुँदा किसानलाई सहज भएको छ ।“फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको थियो । तर बजारको समस्या भएन । ग्राहक आफैँ बारीमा आएर फूल किन्नुभयो । सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ,” अध्यक्ष रानाले भनिन् ।किसानले फूलका साथै माला बनाएर पनि बिक्री गरेका छन् । ग्राहकको मागअनुसार फूल र माला दुवै बिक्री हुँदा आम्दानीको थप अवसर मिलेको छ । तिहारको मुख्य दिनमा मात्रै नभई त्यसपछिका धार्मिक तथा सांस्कृतिक अवसरमा फूलको माग रहने भएकाले किसानले बाँकी उत्पादन बिक्री हुने अपेक्षा गरेका छन् ।

    छिम्लीश्वाराका किसानले केही वर्षअघिसम्म आफ्ना बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए । परम्परागत खेतीमा मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षाअनुसार नहुने किसानको अनुभव थियो । यही अवस्थालाई परिवर्तन गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन् ।विदेशबाट ठूलो परिमाणमा फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा फूल उत्पादन गर्न सके स्थानीय बजारको माग पूरा गर्नुका साथै किसानको आम्दानी बढाउन सकिने उनीहरूको सोच थियो । स्वदेशमै फूल उत्पादन गरेर बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्धेश्यले सुरु गरिएको खेतीले उत्साहजनक परिणाम दिएको अध्यक्ष राना सुनाउँछिन् ।समूहले गत वर्ष छ रोपनीमा सयपत्री फूलखेती गरेको थियो । पहिलो वर्ष उत्पादन भएको फूल तिहारको समयमा सहजै बिक्री भएपछि किसानलाई खेती विस्तार गर्ने हौसला मिल्यो । बजारमा फूलको माग राम्रो देखिए पनि उत्पादन कम हुँदा ग्राहकको मागअनुसार फूल पु¥याउन नसकिएको अनुभव किसानसँग थियो ।गत वर्षको तुलनामा झन्डै तीन गुणा क्षेत्रफलमा खेती विस्तार गरिएको छ । फूलखेतीका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि थप प्रोत्साहन मिलेको समूहका कोषाध्यक्ष सन्सरी रानाले बताइन् । 

    images
    images

    उनका अनुसार यसपटक किसानले उत्पादन गरेको फूल बारीबाटै बिक्री हुँदा ढुवानी तथा बजार व्यवस्थापनको झन्झट कम भएको छ । फूल टिपेर बजार पु¥याउनुपर्ने, बिक्री नभएर बिग्रिने तथा ग्राहक खोज्दै हिँड्नुपर्ने समस्या नहुँदा सामूहिक खेतीप्रति थप आकर्षण बढेको उनले उल्लेख गरिन् । सामूहिक रूपमा खेती गर्दा कामको बाँडफाँट गर्न, उत्पादनको हेरचाह गर्न र बिक्री व्यवस्थापन गर्न सहज भएको किसानको अनुभव छ । एउटै क्षेत्रमा धेरै फूलखेती हुँदा ग्राहकलाई आवश्यकताअनुसार फूल खरिद गर्न सजिलो भएको छ ।परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका महिलाले वैकल्पिक खेतीका रूपमा सुरु गरेको सयपत्री फूलखेती अहिले आम्दानीको राम्रो सम्भावना बोकेको व्यवसाय बनेको छ । आफ्नै खेतबारीमा उत्पादन गरेको फूलले स्थानीय बजार पाउन थालेपछि उनीहरूमा व्यावसायिक खेतीप्रतिको विश्वास बढेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend