images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • शुक्लागण्डकी नगरपालिकाबाटै प्यान सेवा सुरु, करसम्बन्धी...

शुक्लागण्डकी नगरपालिकाबाटै प्यान सेवा सुरु, करसम्बन्धी कामका लागि दमौली धाउनुपर्ने बाध्यता हट्यो

शुक्लागण्डकी नगरपालिकाबाटै प्यान सेवा सुरु, करसम्बन्धी कामका लागि दमौली धाउनुपर्ने बाध्यता हट्यो

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्ने बाध्यता हटेको छ ।यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

    images
    images

    नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ ।नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताए । उनका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend