images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • गोरखामा बिहानैको हावाहुरीले विद्यालय र घरका...

गोरखामा बिहानैको हावाहुरीले विद्यालय र घरका छानामा क्षति

गोरखामा बिहानैको हावाहुरीले विद्यालय र घरका छानामा क्षति

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ ।

    images
    images

    “आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उनले भने, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend