images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आज देशभर मौसम मुख्यतया सफा रहने,...

आज देशभर मौसम मुख्यतया सफा रहने, केही प्रदेशमा आंशिक बादल लाग्ने

आज देशभर मौसम मुख्यतया सफा रहने, केही प्रदेशमा आंशिक बादल लाग्ने

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ।  हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। बुधबार देशको हिमाली क्षेत्रमा साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend