images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • निर्माणजन्य सामग्री निर्यात प्रवर्द्धन गर्न तत्काल...

निर्माणजन्य सामग्री निर्यात प्रवर्द्धन गर्न तत्काल कार्यक्रम ल्याउन मन्त्री साहको जोड

निर्माणजन्य सामग्री निर्यात प्रवर्द्धन गर्न तत्काल कार्यक्रम ल्याउन मन्त्री साहको जोड

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । निर्माणजन्य खनिज तथा सामग्रीको उपयोगबारे छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिका कारण आर्थिक अवसर गुमिरहेको मन्त्री साहको भनाइ छ । जलविद्युत्को सम्भावना समयमै उपयोग गर्न नसक्दा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै उनले अब निर्माणजन्य सामग्रीको निर्यातमा ढिलाइ गर्न नहुनेमा जोड दिए । भारत र बंगलादेशमा निर्माण सामग्रीको माग बढिरहेको उल्लेख गर्दै साहले नेपालका नदीहरूमा थुप्रिएर बसेको निर्माणजन्य खनिजको सदुपयोग गर्नुपर्ने बताए ।

    images
    images

    कोशी नदीमा रहेको ठूलो परिमाणको बालुवा उत्खनन तथा उपयोग गर्न सकिने भन्दै उनले आगामी १० वर्षभित्र त्यसको व्यवस्थापन गर्न नसके नदीको बढ्दो सतह देशकै लागि भार बन्न सक्ने चेतावनीसमेत दिए । मन्त्री साहले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवर्द्धन कार्यक्रम तत्काल ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिन समिति सभापतिको ध्यानाकर्षण गराए ।‘नेपालमा छलफल धेरै हुन्छ तर काम सम्पन्न हुँदैन, त्यही कारणले हामीले अवसर गुमाइरहेका छौँ । १५ वर्ष पहिले हाइड्रोपावरको जस्तो अवसर थियो, अहिले त्यस्तो छैन र समयमै काम नहुँदा वर्षको ३ खर्ब रुपैयाँ गुमाइरहेको उदाहरण हामीसँग छ,’ मन्त्री साहले भने, ‘अहिले भारत र बंगलादेशलाई निर्माण सामग्री चाहिएको छ । कोशी नदीमै अर्बौँ टन बालुवा थुप्रिएको छ, त्यसलाई १० वर्षभित्र उपयोग गर्न सकेनौँ भने नदीको सतह बढेर हाम्रै देशका लागि भार हुन्छ । त्यसैले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवर्द्धन कार्यक्रम तुरुन्तै ल्याउनुपर्छ ।’खनिज तथा उद्योग क्षेत्रको विकासका लागि आफू क्रियाशीलताका साथ काम गरिरहेको उल्लेख गर्दै मन्त्री साहले खानी उत्खनन तथा खनिज पदार्थको सदुपयोगका विषयमा प्राविधिक र नीतिगत छलफल भइरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend