images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • राउटे समुदायलाई भेट्न सुन्धारा पुगिन् मन्त्री...

राउटे समुदायलाई भेट्न सुन्धारा पुगिन् मन्त्री सीता बादी, जीवनस्तर सुधारमा सरकारको पहल

राउटे समुदायलाई भेट्न सुन्धारा पुगिन् मन्त्री सीता बादी, जीवनस्तर सुधारमा सरकारको पहल

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले राजधानी आएका राउटे समुदायका सदस्यलाई भेटेकी छन् । सुन्धारास्थित उक्त समुदायका सदस्य बस्नुभएको स्थानमै पुगेर मन्त्री बादीले आज उनीहरुसँग भेट गरेकी हुन् ।त्यसअवसरमा उनले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेकाे मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन् । 

    images
    images

    उनले दिएको सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यले खुसी व्यक्त गरेका छन् । त्यस क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे पनि छलफल भएको पनि सचिवालयले जनाएको छ ।त्यस अवसरमा राउटे समुदायका सदस्यले आफ्नो समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराए ।एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेपछि पनि विभिन्न कारणले पुनःस्थान परिवर्तन गर्ने समुदायमा चलन रहेको उनीहरूले मन्त्रीलाई सुनाएका छन् । यस्तो निरन्तर बसाइँसराइले खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्राप्त गर्न असहज भएको उनीहरुले मन्त्रीसमक्ष बताएका थिए ।

    यस अवसरमा मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास र यस समुदायको संस्कृति तथा परम्पराको सम्मान गर्दै यसको संरक्षण र प्रर्वद्धनमा नेपाल सरकार लागिरहेको बताइन् ।उनले समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न, विशेष गरेर बालबालिका, गर्भावस्थामा रहेका महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र राउटे समुदायको जीवनस्तर सुधारका लागि सरकारले प्रयत्न गरिरहेको बताइन् ।यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उक्त समुदायको जीवनशैली र समस्या बुझ्नु भएकी मन्त्री बादीलाई समुदायका सदस्यले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री तथा काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए ।त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्य काठमाडौँ आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेका हुन् । 

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend