images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • उपत्यकामा २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन...

उपत्यकामा २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ चालक कारबाहीमा

उपत्यकामा २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ चालक कारबाहीमा

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सीसीटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन् ।

    images
    images

    त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन् । विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए ।ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend