images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • मनकामना केबलकार २९औँ वर्षमा प्रवेश गर्दै,...

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश गर्दै, २ करोड १२ लाखभन्दा बढीले गरे यात्रा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश गर्दै, २ करोड १२ लाखभन्दा बढीले गरे यात्रा

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गर्दै मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गर्दैछ। चितवन को-ई समूह (Chitawon Co-E Group) अन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। २८औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    कम्पनीले लामो समयदेखि विश्वास, माया र साथ प्रदान गर्दै आएका सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ। साथै, केबलकारलाई सफलताको यस उचाइसम्म पुर्‍याउन योगदान दिने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।त्यसैगरी, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण शुभेच्छुकहरूको निरन्तर सहयोगप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।कम्पनीले आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा, सुरक्षित यात्रा र स्तरीय अनुभव प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend