बुटवल । प्रसिद्ध रामघाट मेलाका लागि कपिलवस्तुका दुई गाउँपालिकाले मङ्सिर ८ गते स्थानीय बिदा दिएका छन् । यशोधरा र मायादेवी गाउँपालिकाले मङ्गलवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।दुवै गाउँपालिकाले आज छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा सम्बन्धित संस्थामा स्थानीय बिदा दिने जनाएका छन् ।
यशोधरा गाउँपालिकाले रामघाट मेला पर्वको अवसरमा बिदा दिएको जनाएको छ भने मायादेवी गाउँपालिकाले कात्तिक स्नान पर्वका अवसरमा बिदा घोषणा गरेको हो ।दुवै गाउँपालिकाले जारी गरेको सूचनामा अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने उल्लेख छ ।




.gif)



.gif)
