images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुर कार्कीको...

आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिट सुनुवाइ स्थगित

आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिट सुनुवाइ स्थगित

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित भएको छ । प्रहरी महानिरीक्षक मनोजकुमार केसीले म्याद नबुझ्दा आजको सुनुवाइ प्रभावित भएको हो । अन्य विपक्षीले म्याद बुझे पनि आईजीपी केसीले म्याद नबुझेका हुन्।आईजीपी केसीले म्याद बुझ्न बाँकी रहेको देखिएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयले महान्यायाधिवक्तालाई इजलासमै बोलाएर म्याद बुझ्ने सुनिश्चितता गर्न भनेका छन्।

    images
    images

    केसीले म्याद बुझेपछि सुनुवाइको मिति तय हुनेछ । यसअघि गत मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा बोलाउने आदेश गरेको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend