images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योगमा वर्षौंदेखि...

धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योगमा वर्षौंदेखि ताला, १५० बढी मजदुर बेरोजगार!

धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योगमा वर्षौंदेखि ताला, १५० बढी मजदुर बेरोजगार!

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।

    images
    images

    छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा सञ्चालित उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा थियो । तर, आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उद्योगको उत्पादन दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालकको भनाइ छ ।उद्योग सञ्चालक दिनेश पौडेलले तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको बताए । सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ठूलो लगानी जोखिममा परेको उल्लेख गर्दै उनले नेपालमा लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न कठिन रहेको बताए ।

    उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्था र चिसो मौसमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पौडेलले बताए । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा सीमित हुने गरेको थियो । त्यसमा पनि कोरोना महामारीपछि अर्थतन्त्रमा आएको मन्दीले उद्योगलाई थप संकटमा पारेको थियो ।भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको थियो । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्टको बिक्री घट्नुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए ।उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो । उद्योग बन्द भएपछि यी जिल्लाको बजारमा अन्य जिल्लाका उद्योगबाट उत्पादित सिमेन्टमा निर्भर हुनुपर्ने अवस्था आएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend