images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज...

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

    images
    images

    यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि मङ्सिर ७ गते(आज) का लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई  झिकाउने आदेश गरेको थियो ।बालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend