images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा भारी गिरावट, २७०२ ...

नेप्सेमा भारी गिरावट, २७०२ बिन्दुमुनि झर्‍यो

नेप्सेमा भारी गिरावट, २७०२ बिन्दुमुनि झर्‍यो

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो । 

    images
    images

    परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ । 

    मंगलबार पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको सेयर मूल्य १० प्रतिशत बढ्दै मंगलबार प्रतिकित्ता ५२२६ रुपैयाँ पुगेको छ ।  

    images
    images

    मंगलबार २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आयो । 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend