images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • भारतबाट काठमाडौंसम्म फैलिएको खैरो हेरोइन तस्करीको...

भारतबाट काठमाडौंसम्म फैलिएको खैरो हेरोइन तस्करीको सञ्जाल पर्दाफास, ९ जना पक्राउ

भारतबाट काठमाडौंसम्म फैलिएको खैरो हेरोइन तस्करीको सञ्जाल पर्दाफास, ९ जना पक्राउ

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म खैरो हेरोइनको अवैध ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरेको छ । लामो अनुसन्धान र प्रोफाइलिङपछि ९ जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराले  बताए ।मंसिर ३ गतेदेखि ब्युरोले सञ्चालन गरेको अपरेसनबाट लागुऔषध कारोबारीको एउटा नेटवर्क नै ध्वस्त भएको छ । प्रहरीले आरोपीहरूले भारतबाट ल्याएको ३९४ ग्राम १० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरूको साथबाट २ लाख ५४ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको एसएसपी बोहराले बताए ।

    images
    images

    पक्राउ पर्नेमा काठमाडौंका ४२ वर्षीय रञ्जन थापा, सिन्धुलीका ३४ वर्षीय देवराज बम्जन, सिन्धुलीकै २२ वर्षीय निशान बम्जन, ३२ वर्षीय विशाल मोक्तान, काठमाडौंको चन्द्रागिरिका ३५ वर्षीय पदमबहादुर तिमिल्सिना, ५५ वर्षीय लक्ष्मण पण्डित दास तत्मा, तनहुँका २८ वर्षीय शैलेन्द्र बजगाईं, गोरखाका २५ वर्षीय सिजन रेग्मी र सिरहाका २९ वर्षीय विवेककुमार साह छन् । उनीहरू सिन्धुली र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।विशाल मोक्तानले सिन्धुलीमा बसेर भारतीय लागुऔषध कारोबारीहरूसँग सम्पर्क गरी खैरो हेरोइन खरिद गरेर काठमाडौं ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा रहेका रञ्जन थापालगायतले नेटवर्कमार्फत यसको बिक्री गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पक्राउ परेका रञ्जन थापा यसअघि २०८३ असार १९ गते प्रहरी वृत्त मालीगाउँमा दर्ता भएको २६२ ग्राम ६२ मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा फरार रहेकोसमेत खुलेको छ ।नौ जना आरोपी पक्राउ परेसँगै एउटा समूहको ठुलो सञ्जाल तोडिएको एसएसपी बोहराले बताए । उनले भने, ‘लागुऔषधको जोखिमयुक्त क्षेत्र र कारोबारमा संलग्न व्यक्तिहरूको सूक्ष्म निगरानी र प्रोफाइलिङ गरेर यो समूहलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका कारोबारीहरूमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend