images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • नेपालबाट करोडौँको कवाड भारत निर्यात, फोहोरसमेत...

नेपालबाट करोडौँको कवाड भारत निर्यात, फोहोरसमेत बन्यो आम्दानीको स्रोत

नेपालबाट करोडौँको कवाड भारत निर्यात, फोहोरसमेत बन्यो आम्दानीको स्रोत

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी प्रशोधन तथा पुनः प्रयोगका लागि भारत पठाउने गरिएको हो ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को असोजसम्म मात्रै नेपालबाट १ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरका कवाड सामग्री निर्यात भएका छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा ४ करोड २९ लाख रुपैयाँभन्दा बढी मूल्यका यस्ता सामग्री भारतलगायतका बजारमा निर्यात भएका थिए ।

    images
    images

    घर, उद्योग तथा विभिन्न संरचनाबाट निस्कने धातुजन्य फोहोर संकलन गरेर बिक्री गर्दा त्यसले एकातिर कवाड व्यवसायीलाई आम्दानीको अवसर दिएको छ भने अर्कोतिर पुनः प्रयोगयोग्य कच्चा पदार्थको व्यापारलाई समेत बढावा दिएको छ ।रोचक पक्ष के छ भने नेपालमा सामान्य फोहोरका रूपमा लिइने जस्ता तथा अन्य धातुका टुक्राटाक्री विदेश पुगेर पुनः प्रयोग हुने कच्चा पदार्थ बन्ने गरेका छन् । यसले फोहोर व्यवस्थापनसँगै कवाड संकलन तथा पुनर्चक्रण व्यवसायको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ ।तर, नेपालबाट निर्यात हुने यस्ता सामग्रीको प्रशोधन तथा मूल्य अभिवृद्धि स्वदेशमै गर्न सकिने सम्भावनाबारे पनि बहस आवश्यक देखिन्छ । कच्चा पदार्थकै रूपमा विदेश पठाउनुभन्दा स्वदेशमै पुनर्चक्रण उद्योग विस्तार गर्न सके रोजगारी सिर्जना, औद्योगिक विकास र थप आर्थिक लाभ लिन सकिने देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend