images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय टोलीसहित...

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय टोलीसहित भारत भ्रमणमा प्रस्थान

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय टोलीसहित भारत भ्रमणमा प्रस्थान

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् । 

    images
    images

    प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार साँझ स्वदेश फर्किनेछन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend