images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री शाहको भारत भ्रमणमा पनौती प्रहरी...

प्रधानमन्त्री शाहको भारत भ्रमणमा पनौती प्रहरी प्रतिष्ठान उद्घाटन नहुने, ९६ प्रतिशत मात्रै निर्माण सम्पन्न

प्रधानमन्त्री शाहको भारत भ्रमणमा पनौती प्रहरी प्रतिष्ठान उद्घाटन नहुने, ९६ प्रतिशत मात्रै निर्माण सम्पन्न

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उद्घाटन नहुने भएको छ । प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते दुई दिने भारत भ्रमणमा जाँदैछन् ।आइतबार पौने २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिष्ठानको उद्घाटन  हुने चर्चा चलिरहेका बेला काम पूर्ण रूपमा सम्पन्न नभएकाले उद्घाटन कार्यक्रम नहुने निश्चित भएको हो ।

    images
    images

    प्रहरीका एक उच्च अधिकृतका अनुसार प्रतिष्ठानको भौतिक निर्माण कार्य हालसम्म करिब ९६ प्रतिशत मात्र सम्पन्न भएको छ । ती अधिकृतले भने– ‘काम बाँकी नै रहेका कारण उद्घाटन हुन नसकेको हो ।’भारत सरकारको करिब १० अर्ब रुपैयाँ लागतमा एकेडेमी निर्माण भइरहेको छ । सो प्रतिष्ठानको सम्पूर्ण प्राविधिक तथा निर्माण कार्य भारतको सेन्ट्रल पब्लिक वर्क डिपार्टमेन्ट (सीपीडब्लुडी)ले गरिरहेको छ । नेपाल सरकारले यसमा सहजीकरणको भूमिका मात्र निर्वाह गर्दै आएको छ ।उच्च प्रहरी स्रोतका अनुसार उक्त प्रतिष्ठानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भौतिक रूपमै उपस्थित भएर गर्ने तयारी छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend