images

२०८३ मंसिर १२ गते

images
images
images
  • बैंक वित्त
  • कर्मचारी बोनस छुट्याउन बैंकहरूको प्रतिस्पर्धा, नबिलले...

कर्मचारी बोनस छुट्याउन बैंकहरूको प्रतिस्पर्धा, नबिलले मात्रै राख्यो ४० करोडभन्दा बढी रकम

कर्मचारी बोनस छुट्याउन बैंकहरूको प्रतिस्पर्धा, नबिलले मात्रै राख्यो ४० करोडभन्दा बढी रकम

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो  त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूको बोनसका लागि कुल ३ अर्ब १५ करोड रुपैयाँ छुट्याएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४० करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गर्दै नबिल बैंक सर्वाधिक बोनस छुट्याउने एकमात्र बैंक बनेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ३५ करोड ८१ लाख ५० हजार र तेस्रो स्थानको एभरेष्ट बैंकले १९ करोड ८३ लाख ३० हजार रुपैयाँ छुट्याएका छन् ।

    images
    images

    यस्तै,प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले क्रमशः १८ करोड ८४ लाख ९० हजार र १८ करोड ७५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेका छन्। यसैगरी शीर्ष दशभित्र पर्न सफल अन्य बैंकहरूमा एनएमबीले १८ करोड ४८ लाख १० हजार, कुमारीले १७ करोड ५ लाख ७० हजार, सानिमाले १६ करोड ५६ लाख १० हजार, सिद्धार्थले १३ करोड ७६ लाख ५० हजार र प्रभु बैंकले १२ करोड ८६ लाख ६० हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन्। अन्य वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ४० लाख ३० हजार, स्ट्यान्डर्ड चार्टर्डले ११ करोड ९३ लाख ४० हजार, लक्ष्मी सनराइजले १० करोड ५३ लाख ३० हजार, हिमालयनले १० करोड ३५ लाख ४० हजार, नेपाल एसबीआईले ८ करोड ७६ लाख ५० हजार, माछापुच्छ्रेले ८ करोड ७४ लाख ८० हजार, नेपाल बैंकले ५ करोड २४ लाख ७० हजार, एनआईसी एशियाले २ करोड २ लाख ३० हजार र सिटिजन्स बैंकले १ करोड ७२ लाख ८० हजार रुपैयाँ बोनसका लागि छुट्याएका छन्।

    विकास बैंक तथा फाइनान्स कम्पनीहरूतर्फ मुक्तिनाथ विकास बैंकले ५ करोड १५ लाख ३० हजार, लुम्बिनी विकास बैंकले ४ करोड ८० लाख ९० हजार, महालक्ष्मी विकास बैंकले १ करोड ८८ लाख, शाङ्ग्रिला डेभलपमेन्टले ५३ लाख १० हजार, मितेरी डेभलपमेन्टले ४९ लाख, मञ्जुश्री फाइनान्सले ३७ लाख ९० हजार, सेन्ट्रल फाइनान्सले ३३ लाख २० हजार र श्री फाइनान्सले ३१ लाख २० हजार रुपैयाँ विनियोजन गरेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकले ९ लाख ७० हजार, एक्सेल डेभलपमेन्टले ८ लाख ४० हजार, ग्रिन डेभलपमेन्टले ७ लाख ८० हजार र सबैभन्दा कम सप्तकोशी डेभलपमेन्ट बैंकले ६ लाख ९० हजार रुपैयाँ मात्र बोनस छुट्याएका छन्।समग्रमा, संस्थाको व्यवसायको आकार, खुद नाफाको निश्चित हिस्सा र कर्मचारी संख्याका कारण ठूला वाणिज्य बैंकहरूको तुलनामा साना विकास बैंक तथा फाइनान्स कम्पनीहरूले छुट्याउने

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend