images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र...

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ । सामान्यतया भारत भ्रमणमा आउने अ देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ ।

    images
    images

    दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलबाट प्रधानमन्त्री सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह (ताज महल) जानेछन् । साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डाहरू फहराइएका छन् ।

    आइतबार साँझ नै नेपाल र भारतका व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाल तथा भारतका उद्योगीव्यवसायीहरूबीच व्यावसायिक सहकार्य र सहयोग आदानप्रदान हुनेछ । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा केही नयाँ परियोजनाहरूको उद्घाटन, केहीको शिलान्यास तथा विभिन्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend