images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • सर्वोच्च अदालतले सच्यायो प्रहरी आईजीपीको नामसम्बन्धी...

सर्वोच्च अदालतले सच्यायो प्रहरी आईजीपीको नामसम्बन्धी पत्रको भाषा, प्रहरी प्रधान कार्यालयमा पुनः म्याद जारी

सर्वोच्च अदालतले सच्यायो प्रहरी आईजीपीको नामसम्बन्धी पत्रको भाषा, प्रहरी प्रधान कार्यालयमा पुनः म्याद जारी

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले भाषा संशोधन गरेर प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ । अदालतले प्रहरी प्रधान कार्यालय र आईजीपी मनोजकुमार केसीको नाममा  म्याद जारी गरेको छ ।शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश गोकर्ण डाँगीको संयुक्त इजलासले दानबहादुर कार्कीको निवेदनमा भाषा संशोधन गर्न आदेश दिएको हो । सर्वोच्चको आदेश अनुसार पत्रमा लेखिएको बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीको ठाउँमा संशोधन गर्दै ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी’ उल्लेख गरिएको छ ।

    images
    images

    पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय,नक्साल काठमाडौँको नाउँमा जारी भएको सूचना म्याद’ लेखिएको थियो । तर, यो भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र नबुझेपछि शुक्रबार दानबहादुर कार्कीको निवेदनमा भाषा संशोधन भएको हो ।निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।साथै, विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पठाउन समेत आदेश गरेको थियो । तर, बिहीबार सर्वोच्च अदालतको शाखा अधिकृतले प्रहरी प्रधान कार्यालयमा म्याद तामेली गर्दा भाषामा फरक परेपछि पत्र फिर्ता पठाइदिएको थियो ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend