images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा...

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • काठमाडौँ, ३ मङ्सिर । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ ।

    images
    images

    केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

    चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो ।

    images
    images

    केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

    केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ ।

    यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि विदेशी मुद्रामा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले स्वदेशमै छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनाका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको क्षमता विकास भएको केन्द्रको भनाइ छ ।

    केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकता प्रमाणपत्र लगायतका उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ । अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको उनले जानकारी दिएका छन् ।

    राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्याङ्क सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुनाका साथै विदेशी आपूर्तिकर्ता माथिको निर्भरता घट्ने ढुङ्गानाको भनाइ छ ।

    सो अवसरमा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend