मुस्ताङ। चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक लमजुङको बेंसीसहरबाट मनाङ हुँदै समुन्द्री सतहको पाँच हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग थोरङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ आइपुग्छन् ।
यो पदमार्गमा बर्सेनि दुई ‘सिजन’ करिब पाँच महिना मात्र स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । जिल्ला प्रहरी कार्यालयले प्रविष्ट गरेको पर्यटकीय विवरणअनुसार चालु वर्षको पहिलो चार महिनामा स्वदेशीतर्फ पुरुष दुई हजार ८०८ र महिला ३३ जनाले मनाङ—मुस्ताङ थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् । यसैगरी, विदेशी पर्यटकतर्फ पुरुष तीन हजार ५७ र महिला दुई हजार १६६ जनाले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् । बस्यालका अनुसार चालु वर्षको साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिक महिनामा ६ हजार १६४ जनाले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ भित्रिएका छन्।




.gif)



.gif)
