images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीका २६ बेपत्ता परिवारलाई जनही...

भोटेकोशी बाढीका २६ बेपत्ता परिवारलाई जनही २ लाख राहत, ५२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

भोटेकोशी बाढीका २६ बेपत्ता परिवारलाई जनही २ लाख राहत, ५२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • कञ्चनपुर । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।

    images
    images

    “बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ”, उनले भने, “पछि शोधभर्ना हुनेगरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ ।” उनले समितिको निर्णयअनुसार २६ परिवारलाई जनही रु दुई लाखका दरले रु ५२ लाख राहत रकम प्राधिकरणसँग माग गरिएको बताए । प्रजिअ कोइरालाका अनुसार बाढीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ, बेदकोट र बेलौरी नगरपालिकाका तीन/तीन, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाकाका पाँच र लालझाडी गाउँपालिकाका एक जना बेपत्ता छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend