images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • रुपन्देहीमा पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको...

रुपन्देहीमा पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा दुई ट्याङ्करसहित ४६ वर्षीय व्यक्ति पक्राउ

रुपन्देहीमा पेट्रोलियम पदार्थ चोरी गर्दै गरेको अवस्थामा दुई ट्याङ्करसहित ४६ वर्षीय व्यक्ति पक्राउ

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • रुपन्देही । जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरीमा संलग्न एक जनालाई प्रहरीले दुईवटा ट्याङ्करसहित नियन्त्रणमा लिएको छ ।पार्किङमा राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको भन्ने सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

    images
    images

    प्रहरीका अनुसार लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका दुईवटा ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको अवस्थामा सोही नगरपालिका–७, मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाललाई पक्राउ गरिएको छ ।नियन्त्रणमा लिइएका फुलाल तथा दुवै ट्याङ्करलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मंगलापुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend