नवलपुर, २ मंसिर । हरिबोधनी एकादशीको मेला लक्षित गर्दै नवलपुरका पहाडी क्षेत्रका किसान सुन्तला टिप्न र बिक्री गर्न व्यस्त भएका छन् । यस वर्ष अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको छ भने किसानले बगैँचामै व्यापारी पाउन थालेका छन् ।
किसानले बगैँचाबाट प्रतिकिलो ६० देखि ६५ रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन् । जिल्लामा वार्षिक एक हजार ३७५ टन सुन्तला उत्पादन हुँदै आएको छ । चालु आर्थिक वर्षमा सुन्तलाको कारोबार ८ करोड ९७ लाख ७५ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।




.gif)



.gif)
