images

२०८३ मंसिर १२ गते

images
images
images

चार महिनामा मुस्ताङ पुगे १ लाख १२ हजार पर्यटक, कात्तिकमा बढ्यो चहलपहल

चार महिनामा मुस्ताङ पुगे १ लाख १२ हजार पर्यटक, कात्तिकमा बढ्यो चहलपहल

images
images
बुधवार, मंसिर २ २०८३
बुधवार, मंसिर २ २०८३
  • मुस्ताङ, मङ्सिर २ गते ।मुस्ताङमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक लाख १२ हजार ४८ जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । बर्खायाम तथा भदौ र असोजमा आएको बाढीपहिरोका कारण सुस्ताएको पर्यटन क्षेत्र चाडपर्व सकिएसँगै स्वदेशी पर्यटकको रोजाइमा परेपछि कात्तिकमा पर्यटक आगमन बढेको हो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार २१७ जना विदेशी र ५७ हजार ८३१ जना स्वदेशी पर्यटक सडक, हवाई तथा पदमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन् ।चार महिनाको कुल पर्यटक आगमनमध्ये स्वदेशी पर्यटकको हिस्सा ५१ दशमलव ६ प्रतिशत र विदेशी पर्यटकको हिस्सा ४८ दशमलव ४ प्रतिशत रहेको छ । कात्तिकमा सबैभन्दा बढी ४१ हजार ७०७ जना पर्यटक मुस्ताङ आएका छन् । तीमध्ये २० हजार १२९ जना विदेशी र २१ हजार ५७८ जना स्वदेशी पर्यटक रहेका छन् ।

    images
    images

    साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १९ हजार ५३९ जना पर्यटक मुस्ताङ आएका थिए । विदेशी पर्यटकको सङ्ख्या साउनमा १८ हजार ६७०, भदौमा नौ हजार ७७५, असोजमा पाँच हजार ६४३ र कात्तिकमा २० हजार १२९ रहेको छ । असोजमा सबैभन्दा कम विदेशी पर्यटक आएका थिए ।यस अवधिमा ६९ हजार ७४६ वटा सवारीसाधन मुस्ताङ भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । भदौमा बाढीको त्रास र असोजमा कालीगण्डकी नदीको कटानका कारण सडक अवरुद्ध हुँदा पर्यटकको सङ्ख्या घटेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो ।मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको विवरण सीमाक्षेत्र घाँसा र अर्धनिषेधित क्षेत्र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङको प्रवेशद्वारमा रहेको चेकपोस्टमा सङ्कलन गरिन्छ । फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्याङ्क राख्ने गरेको छ ।

    मुस्ताङका होटल व्यवसायी सुरज तुलाचनले पर्यटकीय सिजनमा बाढीपहिरोका कारण यसपटक व्यवसाय प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक महिनाको आगमनले राहत महसुस गरिएको छ, अब जाडोयाम सुरु भयो, तीन महिना सुनसान हुन्छ ।”मुस्ताङ आउने अधिकांश स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन् । प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानव निर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङी कला तथा संस्कृति, हावापानी र आकर्षक पर्यटकीय गन्तव्य यहाँका प्रमुख आकर्षण हुन् ।पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीसाधनमा मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढेको छ । लेतेदेखि माथि लोमान्थाङसम्म करिब ३०० साना तथा ठूला होटल सञ्चालनमा छन् ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend