काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरण रिट दिएका हुन् । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ मा तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लगायतका नाममा आदेश जारी गरेको थियो ।
त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियम अनुसार पेस गर्न भनिएको थियो । साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट विरुद्ध नेपाल सरकार भएका मुद्दाहरू अवलोकनार्थ मुद्दा साथै राखी पेस गर्न आदेश दिएको थियो ।




.gif)



.gif)
