images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आजको मौसम : चार प्रदेशका हिमाली...

आजको मौसम : चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images
images
बुधवार, मंसिर २ २०८३
बुधवार, मंसिर २ २०८३
  • काठमाडौं ।  हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम  सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend